मकालु आरोहण गर्ने भारतीयसहित ३ जनाको मृत्यु

प्रकाशित मिति:

विश्वको पाँचौ अग्लो हिमाल मकालु आरोहण गर्ने क्रममा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक नेपाली र दुई भारतीय भएको बताइएको छ ।शुक्रबार मकालु हिमाल चडेर फर्केने टोलीलाई उद्दार गर्न गएका मकालु गाउँपालिका वडा–२ का निमा तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मिमबहादुर लामाले जानकारी दिए ।

त्यस्तै मकालु हिमाल आरोहण गरेर क्याम्प ४ मा आइपुग्न लाग्दा लडेर दुई भारतिय नागरिकको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा ५४ बर्षीय दिपनकार घिड्स र ३५ वर्षीय नारयण सिंह भएको बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।