महाभारतको एक प्रसंग, युधिष्ठिरले दिए महिलालाई श्राप

प्रकाशित मिति:

एजेन्सी –महाभारतमा एक प्रसंग छ । जब अर्जुनद्वारा अगंराज कर्णको वध भयो तब पाण्डवकी आमा कुन्तीे शवमा कर्णको मृत्युको विलाप गर्न पुगिन् ।आफ्नी आमालाई कर्णको शवमा विलाप गरेको देखेर युधिष्ठिरले कुन्तीसँग प्रश्न गरे, ‘तपाई हाम्रा शत्रुको मृत्युमा किन विलाप गर्दै हुनुहुन्छ ?’ तब कुन्तीले युधिष्ठिरसँग भनिन्, ‘कर्ण तिमिहरुका शत्रु होइन उ त जेठो भाइ हो ।’
यो सुनेर युधिष्ठिर निकै दुःखी भए । उनले माता कुन्तीसँग यति ठूलो कुरा लुकाएको र आफूलाई जेठो दाजूको हत्यारा बनाएको भन्दै दुख व्यक्त गरे ।

त्यसपछि सवै नारीजातिलाई श्राप दिदै युधिष्ठिरले भने‘ म आज सवै नारी जातिलाई श्राप दिन्छु कि उनीहरुले अब चाहेर पनि कुनै कुरा आफ्नो ऋदयमा लुकाएर राख्न सक्ने छैनन् ।’ जनश्रुतिका अनुसार युधिष्ठिरको यही श्रापका कारण महिलाले कुनै कुरालाई गोप्य राख्न सक्दैनन् ।