शान्ती बगैंचाको विकासमा नगरपालिकाको चांसो

प्रकाशित मिति:

अर्घाखाँचीको जिल्ला सदरमुकामको मुटुमा रहेको शान्ती बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । अभियान सुरु भएको केहि महिनामै बगैंचाको मुहार नै फेरिएको छ । पहिलो चरणमा शान्ती बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको हो । पर्यटकहरुलाइ आकर्षित गर्नकालागि बगैचालाइ ब्यबस्थित र थकान तथा पिडामा रहेका मानिसहरुको थकाइ र पिडा पार गर्ने खालको शान्ती बगैचा बनाउन नगरपालिका र स्थानीयहरु लागि परेका छन । सन्धिखर्क बजारको बिचमा रहेको शान्ती बगैचामा आपका रुखमात्र रहेका थिए । यसलाइ नँया योजनाकासाथ आपका रुखहरुसंगै ब्यबस्थित गरेर प्रम्ख पर्यटकीय शान्ती क्षेत्रको रुपमा विकास गर्न थालिएको हो । शान्ती बगैचामा बुद्धको मुर्ती राखिएको छ । सबै क्षेत्रमा फुल, पानीका फहरा, तथा उद्यान पार्कको रुपमा विकास गर्न थालिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताए । उनले शान्ती बगैचालाइ ब्यबस्थीत गरेर नँया संरचनाका साथ निर्माण गरेर अशान्ती भएको समयमा बगैचामा आएपछि मन शान्त हुने खालको बनाउन थालिएको बताए । पानीको फोहरा, गणेश मन्दिर, बालयुवा तथा वृद्धवृद्धामैत्री पुर्वाधार विकास गर्ने, हरितमार्ग, बालबालीकाको मनोरञ्जनका लागी पिङ्ग, झुला बनाउने, वरीपरी तारजाली लगाएर सुरक्षित गर्ने गरी कार्य अगाडी बढाएकोे नगर प्रमुख भुसालको भनाइ छ । फुलबारी, वाल उद्यान, बस्ने तथा बसेर आनन्द लिने स्थानको रुपमा विकास गर्नकालागि सन्धिखर्क नगरपालिकाले गत बर्ष ३५ लाख रकम विनियोजन गरेर काम गरेको थियो । रकम अभावले सोचे अनुसारको काम नहुने भएपछि यस बर्षको लागि १० लाख रकम विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले बताए । बगैचामा लगाउनकालागि भैरहवावाट अशोका, क्रिसमस ट्रि, धुपी सल्ला, लगायतका विरुवाहरु ल्याएर लगाउन थालिएको निर्माण समितिका अध्यक्ष नारायण बन्जाडेले बताए । उनले भने पर्यटकीय स्थल बनाउन सबै लागि परेका छौ । देसकै नमुना बगैचा बनाउने हाम्रो योजना छ । सुपा देउराली मन्दिरमा आएका पर्यटकहरुलाइ आकर्षित गर्नकालागि बगैचाको नँया ब्यबस्थापन गर्न थालिएको हो ।