महोत्तरीमा रेडियो कन्टोल बम फेला

प्रकाशित मिति:

महोत्तरी-महोत्तरीको बर्दिवास नगरपालिकाको मुल गेटमा शक्तिशालि आरसिआइडी बम फेला परेको छ । त्यो बम रेडियो कन्टोल बम भएकाले टाढाईबाट पनि बिस्पोट गराउन सकिने प्रहरीले जनाएको छ ।

अहिले त्यस स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको प्रहरी नावय उपरीक्षक निशान खड्काले बताउनु भयो । जिल्लामा बिहानै देखि बन्दको प्रभाव परेको छ ।बजार, पसल तथा शैक्षिक संस्था बन्द छन् । बन्दका कारण छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।