बाङ्गलादेश पुरयाउन हिंडालिएका १६ वटा गोरु प्रहरी नियन्त्रणमा

२३ श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
11 Shares


चोरी पैठारी मार्फत बाङ्गलादेश पुरयाउन लागिएका १६ वटा गोरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार कालीदह भंसार नाका छली तस्कर द्वारा कोठीनदीको किनार बाट बिना भंसारशुल्क तिरी नेपाल भित्रयाउन थालिएको अवस्थामा ती गोरुहरुलाई समातेर प्रहरी नियन्त्रणमा राखिएको हो ।

समातिएका गोरुहरुलाई भंसार कार्यालय बेलहिया पठाउने तयारी भईरहेको ईप्रका लुम्बिनीका सहायक प्रहरी निरीक्षक सन्तोष बूढाथोकीले जानकारी गराएका छन । यद्यपि गोरु तस्करहरुलाई पनि समातेर कार्यवाही बारे प्रहरीले केही बोल्न नचाहेको बुझिएको छ । तस्करहरुले रातारात लुम्बिनी क्षेत्रको सानोपडरिया,शिवगढिया,तरकुलहा,मोहसड र मोगलहा आसपासका गाँउमा ट्रकमा लोड गरि सर्लाही हुदै बाङ्गलादेश पुरयाउने गरेको स्रोतले बताएको छ । भारतबाटै नेपाल भित्रयाईएका गोरु पुनःभारत हुदै बाङ्गलादेश पुरयाउने गरिएको हुदा लुम्बिनीलाई ट्रान्जिटको रुपमा तस्करहरुले मात्र प्रयोग गरिरहेको स्थानीय गंगाराम कुर्मीले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया