विष्णु पौडेलको कार्यक्रममा ‘भ्रष्टाचारीको मुख पनि हेर्दिन’ लेखिएको पर्चा छरियो

१३ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
0 Shares


बुटवल – वालुवाटार जग्गा काण्डमा मुछिएका नेपाल कम्युनिष्ट पार्टिका महासचिव विष्णु पौडेल सहभागि बुटवलको एक कार्यक्रम स्थलमा ‘भ्रष्टाचारीको मुख पनि हेर्दिन’ भन्ने पर्चा छरिएको छ।

नेपाली कांग्रसका स्थानीय नेता कार्यकर्ताहरुले कार्यक्रम स्थल बुटवल मण्डपको मुख्य प्रवेशद्धारमै सोमबार विहान पर्चा छरेका हुन्। निकै ठुलो सुरक्षा घेरा तथा नेकपाका कार्यकर्ताहरुको विचवाट पर्चा छरिएको नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापती खेलराज पाण्डेले बताए। महासचिव पौडेल बुटवलमण्डपमा अन्तरराष्टिय प्रदर्शनी केन्द्र शिलान्यसका लागि आएका थिए। पौडेलको नजिकै पर्चा छरिएपछि केहिवेर थकेला धकेल समेत भएको थियो।

लोकतन्त्रमा विरोध गर्न पाईने अधिकार भएपनि द्ई तिहाईको सरकारले नागरिकहरुका अधिकार हरण गर्दै लगेको टिप्पणी पाण्डेले गरे। उनले वाल्वाटार जग्गाकाण्डका विषयमा आफुहरुको विरोधको कार्यक्रम निरन्तर चलिरहने पनि कांग्रेसले जनाएको छ। वितरण गरिएको पर्चामा ‘मौका आउछ पर्खिदैन वालुवाटार अव फर्किदैन’ त्यसै गरि ‘हैट कस्तालाई भोट हालिएछ’ र ‘ म पनि भ्रष्टार चार गर्दिन, भ्रष्टाचार गर्नेको मुख पनि हेर्दिन ’ लेखिएको छ। छरिएका पर्चा समेत नेकपाका कार्यकर्ताहरुले तुरुन्तै नष्ट गरेको प्रतक्षदर्शीले बताए।

यस अघि आइतबार बुटवलमै नेता पौडेलले आफु् माथी गलत आरोप लगाईएको भन्दै त्यसको विश्वास नगर्न अगुवा कार्यकर्ताहरलाई बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया