प्रेस युनियन रुपन्देहीले मनायो स्थापना दिवस

प्रकाशित मिति:

                                                                       ♦ प्रेस बिरोधी मिडिया बिधेयक तत्काल फिर्ता गर्न सरकारलाई आग्रह

बुटवल – नेपाल प्रेस युनियन रुपन्देहीले युनियनको २८ औ स्थापना दिवशका अवसरमा बिहान बुटवलमा अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । युनियनले स्थापना दिवसका अवसरमा सरकारले ल्याएको मिडिया काउनन्सिल बिधेयक तत्काल फिर्ता लिन वा सच्याउन माग गरेको छ । कार्यक्रमका सहभागिहरुले मिडिया बिधेयक प्रेस स्वतन्ताको बिरुद्ध रहेको भन्दै अहिलेको सरकारले प्रेसलाई नियन्त्रण गर्न बिधेयक ल्याएकोले तत्काल फिर्ता लिनुपर्ने बताएका थिए ।

कांग्रेस रुपन्देहीका सभापति तथा पूर्वराज्यमन्त्री अब्दुल राज्यमन्त्री संबिधानको मूलमर्म बिपरीत कानून बनाउन र बिधेयक ल्याउन सरकार सक्रिय हुन लागेर सरकारले आफनै आयू घटाउन लागेको बताउनु भयो । प्रेसमाथिको हस्तक्षेप, दमन केवल प्रेस माथिको मात्र हुदैन यसले जनताको आवाजलाई कुञ्ठित गर्नु हो त्यस्तो हुन कांग्रेसले दिदैन पत्रकारको आन्दोलनलाई एैक्यबद्धता जनाउदै सहयोग गर्छ भन्नुभयो ।
काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले दलहरु सडकमा आउन नसक्दा पत्रकारहरुले नै दललाई सडकमा आउन बाध्य पारेको स्मरण गर्दै अहिले सरकारले बिधेयक फिर्ता नगरे त्यो सरकारका लागि नै घातक हुने बताउनु भयो । उहाले मिडिया काउन्सिल बिधेयकले सरकार अधिनायकवाद तर्फ उन्मुख छ भन्ने स्पष्ट भएको बताउनु भयो ।

युनियनका सल्लाहकार तथा काग्रेसका क्षेत्रीय सभापति हरी लम्सालले राजाका पालामा दुला भित्र दल बस्दा ति दललाई अघि लगाएर जसरी पत्रकार आन्दोलनमा उत्रिएका थियौ अहिले लोकतन्त्र हुदै गणतन्त्रमा आईपुग्दा पुरानै अवस्था फर्किनु पर्ने जस्तो भएको छ भन्न्ुभयो ।उहाले बिपीले मदनमणि दिक्षितलाई बोलाएर हामीले बाटो बिराएमा पत्रिकाबाट सुसूचित गरीदिनुहोला भन्नु भएको थियो तर अहिलेको दुई तिहाईले आफुले गरेका गल्ति प्रेसले सार्वजनिक गर्यो भनेर मिडिया बिधेयक ल्याएको छ यो खतराको घण्टी हो भन्दैे खतरनाक बिधेयक फिर्ता लिन वा सच्याउन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपसभापति निरु गौतम मुलुक संघीय लोकतान्त्रीक गणतन्त्रमा गई समृद्ध नेपाल निर्माणमा लागि रहदा प्रेसलाई नियन्त्रण गर्न सरकार नै लाग्नु दुखद भएको बताउनु भयो ।  युनियका रुपन्देही सभापति रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रममा  युनियन रुपन्देहीका सस्थापक सभापति बालनरसिंह गुरुगं, उपसभापति दिपक घिमिरे , सचिव श्याम शंकर पाण्डे लगायतले बोल्नु भएको थियो ।