विप्लवको बन्द र विस्फोट वार्ताकै लागि होः प्रचण्ड

१३ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया

पुष्पकमल दाहाल (प्रचण्ड), अध्यक्ष, नेकपा

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले देशमा राजनीतिक अस्थिरता नरहेको दावी गरेका छन्। एक दुई ठाउँमा बम विस्फोट हुँदैमा राजनीतिक अस्थिरता भयो भन्ने सोच्न नहुने उनको तर्क थियो।

मोरङ उद्योग व्यापार संघको ६४ औँ वार्षिक साधारण सभा उदघाटनका लागि विराटनगर पुगेका अध्यक्ष प्रचण्डले सोमबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विस्फोट गर्दैमा विप्लव समूहले राजनीतिक उद्देश्य प्राप्त नगर्ने बताए। ‘बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन’, उनले भने।

उनले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताए। ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्तत वार्तामा आउनुको विकल्प छैन’ उनले भने, ‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ।’ उनले वार्तामा आउने हो भने प्रतिबन्द ठूलो कुरा नभएको बताए। उनले सरकारले विप्लवसँग वार्ताको तयारी गरिरहेको बताउँदै छिट्टै परिणम निस्केपछि थाहा हुने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चीनद्धारा नेपाल लगायत पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँग कोभिड–१९ का…
  • प्राज्ञिक विद्यार्थी परिषद, नेपाल द्धारा कक्षा ११ को पाठ्यक्रमको अन्योल…
  • न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान
  • आज २०७७ पुस २५ गते शनिबार
  • सुर्य गंगा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औँ…
  • पूर्व प्रधानन्यायाधीशहरुले भने– प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने संवैधानिक अधिकार छैन
  • निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेका युवालाई रिहा गर्न देउवाको…
  • उल्टो हिंडेर संसद विघटनको विरोध
  • गुल्मी र पाल्पाका शिक्षकहरुका लागि १० दिने टिपिडी तालिम पाल्पामा…
  • ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल स्मार्टमा ‘क्यास ब्याक’ योजना