दोहोरो अंकले घट्यो नेप्से

१३ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं- साताको पहिलो दिन आइतवार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको छ । एक अर्बमाथिको कारोबार हुँदै आएको बजारमा आज कारोबार रकममा समेत गिरावट आएको छ । कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर ६२ करोड ६२ लाख एक हजार ६६६ रुपैयाँमा किनबेच भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ९.६, होटल ३२.३६, विकास बैंक १४.६५, जलविद्युत् ३०.७१, वित्त ५.३८, निर्जीवन बीमा ३५.०८, उत्पादन ०.७६, अन्य ११.७१, लघुवित्त ५.१५, जीवन बीमा ३८.०१, सामूहिक लगानी कोष ०.०२ अङ्कले घटेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको चार करोड ८५ लाख ६२ हजार ५६८, शिवम् सिमेन्ट चार करोड ७५ लाख ७३ हजार २७१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी तीन करोड ७४ लाख ३६ हजार २१७, हिमालयन डिस्टिलरी दुई करोड ५४ लाख २५ हजार २४५, कृषि विकास बैंकको शेयर दुई करोड १५ लाख ३४ हजार ३३२ मूल्यमा खरीद बिक्री भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया