विस्फोटमा संलग्न भएको आशंकामा ९८ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं –  काठमाडौंमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ ।

विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरु बम विस्फोट तथा बन्द गराउने क्रियाकलापमा संलग्न भएको प्रहरीको भनाइ छ ।