पोखराको विभिन्न तीन ठाउँमा शङ्कास्पद वस्तु

१३ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
25 Shares


पोखरा – पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो ।

ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ । यसैबीच, नेत्रविक्रम चन्द(विप्लव) समूहद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ । बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुुसार कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुर्घटनामा घाइते सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी
  • समृद्ध नेपाल बनाउन रोकौँ भ्रष्टाचार
  • मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट
  • ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट…
  • कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…
  • वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र…
  • सेना नेपाली जनताको आस्था एवं भरोसाको केन्द्रविन्दु हो : प्रधानसेनापति…
  • राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
  • प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्य
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक…