चीनले एप्पलमा प्रतिबन्ध लगाए मैले विरोध गर्नेछुः हुवावे कार्यकारी अधिकृत

१३ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


हङकङ –  चीनले एप्पलका सामाग्रीलाई बहिष्कार गरेको हो भन्ने ब्लुमबर्गको प्रश्नमा जेङ्फीले अमेरिकाले हुवावेका सामाग्रीलाई दण्ड गरे पनि चीनले एप्पललाई दण्ड दिन नहुने बताएका हुन्।

ब्लुमबर्गसँग उनले भने,‘यो पहिलो त हुन सक्दैन, र दोस्रो यदी यस्तो भएको अवस्थामा सबैभन्दा सुरुवातमा मैले यसको विरोध गर्नेछु।’‘एप्पल विश्वको प्रमुख कम्पनी हो। यदी एप्पल थिएन भने, मोबाइल इन्टरनेट नै हुँदैनथ्यो।’ जेङ्फीले भने,‘एप्पल मेरालागि शिक्षक हो, यो अग्रगामी छ। विद्यार्थी भएको नाताले मैले किन यसको विरोध गरुँ?’

हुवावेमाथि अमेरिकाले प्रतिबन्ध लगाएको अवस्थामा हुवावेका कार्यकारी अधिकृतको यस्तो प्रतिक्रिया आएको हो। केही समय अगाडिमात्र अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेको छ। हुवावे अमेरिकाका लागि सुरक्षा खतरा भएको अमेरिकी ठहर छ। हुवावेका सामाग्री चीन सरकारको जासुसीको माध्यम भएको अमेरिकी भनाइ छ। हुवावेले अमेरिकी आरोप झुठो भएको दोहोर्याउँदै आएको छ।

यसबीचमा चिनियाँ नागरिकहरुले हुवावेको समर्थनमा आइफोन फुटाउन थालेका छन्। अमेरिकी सामाग्री बहिष्कार गरिनु पर्ने चीनमा आवाज उठेका छन्। हुवावेमाथि गुगललेसमेत प्रतिबन्ध लगाएको अवस्था छ। नयाँ एन्ड्रोइड भर्जन हुवावेका नयाँ मोबाइलमा अब देखिने छैनन्। यसको मतलब गुगलका सेवा हुवावेमा चल्ने छैनन्। – एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया