नेकपा रुपन्देहीका पदाधिकारी तथा सदस्यहरूले लिए सपथ

प्रकाशित मिति:

बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । सोमबार बुटवलमा एक समारोहका बिच नेकपा महासचिब बिष्णु पौडेलले जिल्ला सचिब नारायण जिसि निर्मल सहित १७३ जनालाइ सपथ गराएका हुन् ।

जिल्ला अध्यक्ष शिब सुबेदीले यसअघि नै सपथ लिइसकेका थिए । नेकपा रुपन्देही जिल्ला कमिटी १ सय ७५ सदस्यीय छ । जसमध्ये १ सीट खाली राखिएको छ । पूर्वएमालेबाट १०५ र पूर्व माओवादीबाट ७० गरी कुल १ सय ७५ जनाको जिल्ला कमिटि रहेको छ ।

सो अवसरमा महासचिव विष्णुप्रसाद पौडेल ,प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोखरेल, स्थायी समिति सदस्य घनश्याम भुषाल, केन्द्रीय सदस्यहरु छबिलाल विक, लिला गिरी, एकराज विक, वामदेव क्षेत्री, दधिराम न्यौपाने लगायतको उपस्थिती रहेको थियो । पार्टी एकता भएको झण्डै एक वर्षपछि नेकपा जिल्ला तहको एकता टुंगिएको हो ।