१ रातको स्टोरी मिस्टर भर्जिन रिलिजको तयारीमा

२३ श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
3 Shares


१ करोड २५ लाखमा निर्माण गरिएको नेपाली चलचित्र मिस्टर भर्जिन १ रातको स्टोरीमा बनाइएको छ । चलचित्र २७ रात लगाएर छायांकन गरिएको हो ।

चलचित्रका निर्माता प्रजापति शिवाकोटीले मिस्टर भर्जिन तीन उमेर समूहका युवाहरुको फरकरफरक यौन चाहना र त्यसको लागि गरेको संघर्षमा आधारित रहेको प्रष्ट्याए ।भदौ १ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको चलचित्र मिस्टर भर्जिनको प्रवर्द्धन गर्न बुटवल आएको मिस्टर भर्जिन टोलीले गरेको पत्रकार भेटघाटमा बोल्दै नायिका मरिस्का पोखरेलले नेपाली चलचित्र मिस्टर भर्जिन परिवारसँग बसेर हेर्न मिल्ने बताइन् ।मरिस्काले यस चलचित्रमा आफू सेक्स वर्कर भएर खेलेको भन्दै यसका लागि आफूले ठमेलमा गएर सेक्स वर्कर, कल गर्ल, बार डान्सरहरुसँग संगत गर्नुका साथै उनीहरुको आनीबानी, बोलीचालीसमेत नजिकबाट बुझेर जस्ताकोतस्तै उतार्ने प्रयास गरेको बताइन् ।चलचित्रका नायक गौरव पहारीले मिस्टर भर्जिनको स्टोरी र कन्सेप्ट दुवै भर्जिन भएको र यो नेपालकै पहिलो सेक्स कमेडी चलचित्र भएको दाबी गरे ।अर्का अभिनेता कमलमणि नेपालले यस चलचित्रले सेक्सप्रति साँघुरो सोच राख्नेहरुलाई फराकिलो सोच बनाउन बाध्य पार्ने बताए । उनले डबल अर्थ लाग्ने शव्दको प्रयोग शालिन तरिकाले प्रस्तुत गरिएकाले समाजमा पाच्य हुने उनले तर्क गरे । पत्रकार सम्मेलन चलचित्र पत्रकार संघका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता तथा सहसचिब मोहन न्यौपानेको संचालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया