विप्लव समूहले हिंसा त्याग्ने संकल्प गरे वार्ता हुन्छ : सञ्चारमन्त्री बास्कोटा

१३ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ता गर्ने बताएका छन् । विप्लव समूहले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहट्ने पनि मन्त्री बास्कोटाले बताए ।

सरकारले विप्लव समूहका हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएकाले उक्त प्रतिबन्ध फिर्ता लिन नसकिने बास्कोटाको भनाइ छ ।

‘मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुको विकल्प छैन,’ सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बास्कोटाले भने ।

संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सरकारले सधैं सम्मान गर्ने पनि बताए । कुनै पनि राजनीतिक शक्तिलाई नियन्त्रणमा लिने सरकारको चाहना, उद्देश्य र लक्ष्य नभएको मन्त्री बास्कोटाको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने