प्रदेश ३ को पहिलो जित, पारसको उत्कृष्ट बलिङ

१३ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया

alnª ub}{ v8sf sf7df8f}Fsf] sLlt{k’/l:yt lqlj cGt/f{li6«o lqms]6 d}bfgdf zlgaf/ k|wfgdGqL sk Pslbj;Lo lqms]6 k|ltof]lutfcGtu{t k|b]z # / PkLPkm SnaaLr ePsf] v]ndf alnª ub}{ k|b]z # sf kf/; v8sf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले पहिलो जित हात पारेको छ। सोमबार भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गर्यो।

पहिले ब्याटिङ गरेको प्रदेशले ४२ ओभरमा अलआउट हुँदा १२२ रन मात्र जोड्यो। उसका लागि सुभेन्दु पाण्डेले सबैभन्दा बढी २० रन जोडे। बलिङमा प्रदेश ३ का कप्तान पारस खड्काले ४ विकेट लिए। उनले १० ओभरमा ३ मेडन रख्दा २४ रन दिए।

१ सय २३ रनको लक्ष्य प्रदेश ३ ले २१.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। प्रदेश २ का लागि रित गौतमले ३७ र रविन जोशीले ३५ रन बटुले। इशान पाण्डेले नटआउट २१ रन र अदिल खानले नटआउट १२ रन जोडे। कप्तान पारस १ रन र अभिषेक बस्नेतले २ रन मात्र जोड्न सके। यसअघि प्रदेश ३ पहिलो खेलमा एपिएफसँग पराजित भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया