सरकारले हठ नत्याग्दा विप्लवको हिंसा – कांग्रेस

प्रकाशित मिति:

काठमाडौं – सरकारले हठ नत्याग्दाको परिणाम विप्लवले हिंसा नत्यागेको आरोप प्रमुखप्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ । सोमबार संसद बैठकमा गृहमन्त्रीसँग प्रश्न राख्दै कांग्रेस सचेतक पुष्पा भुसालले सरकारको हठ नत्याग्ने र त्यसको परिणाम विप्लवले हिंसा नत्याग्ने हो भने जनताले पीडा कहिलेसम्म व्यहोर्ने भन्दै प्रश्न गरिन् ।

आइतबार काठमाडौंमा भएको विस्फोटमा मारिएका चार जना मृतक नेपाली जनता होइन भनि गृहमन्त्री रामबहादुर थपाले भनेकोमा कांग्रेसले उनीहरु नेपाली नभए को हो भनी प्रश्न गरिन् ।

पाँचथरमा हत्याकाण्ड हुँदा मुकुण्डोधारीले हतियार लिएर हत्या गर्न जाँदा गृह प्रशासनले किन सुरक्षा दिन सकेन ? त्यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने माग कांग्रेसले गरेको छ ।