एडभान्स अटोमोबाइल प्रालिद्धारा रेनो क्याप्चर कार्निभल मेला सुरु

प्रकाशित मिति:

नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाइल प्रालिले रेनो क्याप्चर कार्निभल मेला सुरु गरेको छ । रेनो कारप्रेमीका लागि मंगलबारदेखि एक हप्तासम्म उक्त मेला हुने कम्पनीले जनाएको छ ।कार्निभलमा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने छन् ।

रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलमा एक्सचेन्ज उपलब्ध छ । अभियानले ग्राहकलाई तीन लाख बराबरसम्मको एक्सचेन्ज बोनस अफर, दुई वर्षसम्मको लागि फ्री सर्भिसिङ, एक आर्थिक वर्षभरका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुविधा, तुरुन्त मूल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको जारी विज्ञप्तिमा छ ।