बुटवल जेसीजको तालिम सप्ताह : दोस्रो दिन Leader with vision विषयक तालिम सम्पन

प्रकाशित मिति:

बुटवल जेसीजले सञ्चालन गरेको Training Week -2019 अन्तरगत आज दोस्रो दिन Leader with vision विषयक तालिम सम्पन भएको छ । बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्याैपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष महेन्द्र लिगलको प्रमुख आथित्यता, बोर्ड अफ टष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशीको विशिष्ट आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको हो । बुटवल उपमहानगरपालिका वडा नम्वर १ स‌ंगको सहकार्यमा सम्पन्न भएको तालिममा बुटवल १ बाट सहभागिता रहेको थियो भने विभिन्न क्षेत्रमा आवद्ध युवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा तालिम सप्ताहका निर्देश जेसी रमेश अर्याल, कार्यक्रम स‌ंयोजक जेसी गोपाल न्याैपाने, बुटवल उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष महेन्द्र लिगल, बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्याैपाने लगाएतले बोल्नु भएको थियो ।

बुटवल जे्सीजका कोषाध्यक्ष जेसी अर्जुन ज्ञवालीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । तालिममा सहभागिहरुलाई नेपाल जेसीजका पुर्व राष्टिय उपाध्यक्ष तथा बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर राजु पौडेलले प्रशिक्षण दिनु भएको थियो । जेठ १४ गते बुटवल उपमहानगरपालिका वडा नम्वर ४ स‌गंको सहकार्यमा Teamwork with time management विषयक तालिम सञ्चालन हुने बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमले बताउनु भएको छ । उक्त तालिम बुटवल जेसीजकै आधुनिक हलमा विहान ११ बजे देखि हुने बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्याैपानेले जानकारी दिनु भयो । उक्त तालिममा प्रोफेसर तथा रोटरीका प्रख्यात प्रशिक्षक राजेन्द्र लम्सालले प्रशिक्षण दिनु हुने तालिम निर्देशक जेसी रमेश अर्यालले बताउनु भएको छ ।