बिश्व नारी साहित्य सम्मेलनमा श्रष्टा सम्मानित

प्रकाशित मिति:

हरिश ढकाल -त्रिमुर्ती निकेतन, बिश्व नारी नेपाली साहित्य सम्मेलन लुम्बिनी समिति, प्रदेश ५ को आयोजनामा रचना बाचन तथा श्रष्टा सम्मान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुले आजको बिश्व समाजमा नारीको अवस्था, नारी शिक्षा, नारी चेतना, नारीको भुमिका लगाएतका बिषयमा शब्दमार्फत चित्रण गरेका थिए ।

बिश्व नारी नेपाली साहित्य सम्मेलन लुम्बिनी समितिका अध्यक्ष मन गहिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रतिनिधी सभाका सांसद् मैना भण्डारी, सिद्धार्थनगर नगरपालीकाका उपप्रमुख उमा काफ्ले, महिला संचारकर्मी दुर्गा पौडेल लगाएतका बक्ताहरुले बिश्व साहित्यमा नारीहरुको भुमिका, महत्व र अस्तित्वका बारेमा चर्चा गरेका थिए । प्रदेश नम्बर पाँच अन्तर्गत लुम्बिनी अन्चलका ६ जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको सो साहित्य सम्मेलन कार्यक्रममा नारी साहित्यमा योगदान पुराउने बिभिन्न श्रष्टा महानुभावहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा राधिका खरेल, सरिता श्रीस, सुन्दर बासी लगाएतका दुई दर्जनभन्दा बढि श्रष्टाहरुले आआफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।