ब्याटमिन्टन खेलेर जवानी फर्काउनेहरु …….

प्रकाशित मिति:

दिपक न्यौपाने  बुटवल ।  “आज हल्का मुडमा थिए अलीकति पिएर आए
ब्याडमिन्टन खेलेर तन्नेरी बन्न आफैले आफैलाइ २–४ घण्टा समय दिएर आए ”

यो कुनै गजलकारले भन्ने गजल होइन । बिगत दश बर्षदेखी निरन्तर ब्याटमिन्टन खेलेर जवानी फर्काउनेहरुको गुनगुनाइ हो । उमेरले ४ दशक काटिसकेका बुटवलका ब्यबसायी तथा खेलाडी शभ्भु भटराइ हरेक दिन ब्याटमिन्टन खेलेर घर फर्कदा श्रीमती सुस्मा भटराइलाइ जिस्कदै यही गजलको बाण हान्छन ।  उनलाइ यहि खेलले धेरै स्फुर्ती पनी थपिदिएको छ । २ छोराका बुवा बनीसकेका भटराइ ४० बर्ष पारगरिसक्दा पनी योङ देखिन्छन – कारण खेलप्रतीको लगाब अर्थात ब्याडमिन्टन मोह । उनी ब्याटमिन्टन खेलेरै आफुलाइ फिट एण्ड फाइन राख्न सफल भएका छन् ।
स्याङजाको चापाकोटमा जन्मिएका भटराइ बिगत लामो समयदेखी बुटवलमा भटराइ कलर हाउस सन्चालन गरिरहेका छन । हल्का फुलेको भएको पनी स्टाइलिस्ट दारी अनी अग्लो शरिर हेर्दा लाग्छ उनी भर्खर युवा अबस्थामा प्रवेश गर्दै छन । बुटवल ब्याटमिन्टन क्लबका सचिब समेत रहेका उनी दिप आर्चायको प्रेरणाले ब्याटमिन्टनमा होमीएको बताउछन । n मलाइ ब्याटमिन्टन खेलले नै यो अबस्थामा पुर्याएको हो , चिटिक्क परेको सेतो सट मिलाउदै आफै कार्यालय कालीकानगरमा गफिएका उनले भने – मैले १० बर्षदेखी रेगुलर ब्याटमिन्टन खेलीरहेका कारण मलाइ कुनै रोग लागेको छैन । त्यसैले बढ्दो उमेरमा पनी आफुलाइ मेन्टेन गर्न सफल भएको छु । यो खेल नखेल्दा शरिर मोटो थियो । अल्छि धेरै लाग्ने गर्दथ्यो । ”

भटराइमात्र होइन बुटवल जितगढीका बिशाल गैरे पनी ब्याटमिन्टन खेलेरै आफुलाइ फिट राख्न सफल छन् । १० बर्षदेखीको ब्याडमिन्टन मोहले उनलाइ लोभ्भाइसकेको छ । ९ कक्षामा पढ्ने छोरी र ७ कक्षामा पढ्ने छोराका बुवा बनिसकेका उनी पनी ४ दशक पार गरिसक्दा पनी आफुलाइ लक्का जवानको अनुभब गर्छन । गैरे डिजल जितगढीका सन्चालक गैरेले ब्यापारीक तनाबलाइ मुक्त गर्न पनी ब्याडमिन्टन खेलले सहयोग पुगेको बताउछन । प्राय टाइट भेस्ट र जिन्स पेन्टमा देखिने गैरैले बढ्दो उमेरमा जुनसुकै खेल खेलेपनी फाइदा पुग्ने बताए ।  दङगा नियन्त्रण गढ बुटवलमा नियमीत खेल्ने उनी जिल्ला बाहिर भएपनी खेललाइ मिस गर्ने गरेको अनुभब सुनाउछन । बिहानै उठ्ने बानी परिसक्यो , गैरेले उहि सदाबहार हासो छर्दै दैनीक लुम्बिनीलाइ भने – बिहानको फ्रेस मुडमा खेल्दा छुट्टै आनन्द आउछ । ”

स्कुल लेभलबाटै हल्काफुल्का खेलेका उनी १० बर्षदेखी निरन्तर खेलीरहेका छन । गैरे र भटराइ त एक प्रतीनिधि पात्र मात्र हुन । बुटवल आसपासमा ब्याटमिन्टन खेल्दै योङ देखिन र स्वच्छ रहन दिनहु ब्याटमिन्टन कोर्ट धाउनेहरु दिन दुगुना रात चौगुना बढीरहेका छन ।
ब्यबसायदेखी जागीरसम्मको तनाब मुक्त गर्न पुलिस,पत्रकार देखी राजनीतिककर्मीहरु पनी ब्याटमिन्टन कोर्ट धाउने गरेका छन । बिगत २५ बर्षदेखी निरन्तर ब्याटमिन्टन खेलीरहेका धुब्रबिक्रम शाह आफैमा सबैका लागी एक उदाहरण हुन । नेपाल पुलिसका पुर्व कर्मचारी उनी ४९ बर्षको उमेरमा पनी निरोगी छन । एक छोरीको बिबाह पनी गरिसके , शाहले भने – बुटवल ब्याटमिन्टन क्लब बने देखी नै क्लबमा खेलीरहेको छु । पश्चिमान्चल स्तरीय प्रतीयोगीतामा ओपन र भेट्रान्समा उपाधी हात पारीसकेका शाहलाइ ब्याटमिन्टन जिबनको एक पाटो जस्तो लाग्न थालिसकेको छ । बुटवल ब्याटमिन्टन क्लबका अध्यक्ष रमेश थापाका अनुसार रुपन्देहीमा मात्रै झण्डै ३ दर्जन क्लबहरु रहेका छन् । कर्मचारीहरुको पहिलो रोजाइको खेल ब्याटमिन्टन नै हुने गरेको थापा बताउछन । २०६० सालदेखी बुटवल ब्याटमिन्टन क्लबमा दिनहु सयभन्दा बढी खेलाडीहरुले खेल्ने गरेको उनले बताए । प्रतीयोगीतामा उपाधी जित्न भन्दा पनी शरिर स्वच्छ राख्न खेल्ने गरेको ब्याटमिन्टन खेलाडीहरुले बताउने गरेका छन ।

“डाक्टर भन्छन – जवान देखीन खेल्नै पर्छ ”
डा. बिक्रम न्यौपाने (स्पोर्टस् फिजियोथेरापिस्ट ) खेल जिन्दगीको महत्वपुर्ण पाटो हो । ब्यस्त दैनीकीको बाबजुद जसले कुनै न कुनै बिधाको खेल खेल्छ त्यो निरोगी हुन्छ । फुटबल, भलिबल, ब्याटमिन्टन, जिम , फुटसल, रनिङ जे अभ्यास गरेपनी नियमीत गरेको खण्डमा मात्र शरिर स्वच्छ राख्न सकिन्छ । सकेसम्म साझमा भन्दा बिहानको कसरत राम्रो हुन्छ । तपाइ जवान देखिन चाहानुहुन्छ भने नियमीत एक्सरसाइज जरुरी छ । अझ ब्याडमिन्टन एउटा यस्तो खेल हो जसले शरिरको हरेक अङगको एक्सरसाइज गराउछ । खेल खेल्ने मानिसलाइ खानेकुरा प्रसस्त खाएपनी त्यो मेन्टन हुन्छ र शरिर भद्धा देखिदैन र उ सधै योङ देखिन्छ ।