मन्दिर र खेलकुद मैदान निर्माणमा बिदेशमा रहेका युवाको सक्रियता

प्रकाशित मिति:

अर्घाखाँची /  रोजगारीका लागि युवाले गाउँ छाडे पछि युवा बिहिन बस्ति बन्दै गएको खबर त नौलो रहेन तर युवा गाउँ छाडे पनि गाउँको बिकाश र निर्माणमा भुमिका निभाउँदैनन् भन्ने कुरा भने गलत हुन सक्छ । यस्तै उदाहरणीय काममा जुटेका छन् जिल्लाको भुमिकास्थान नगरपालिका १० का युवाहरु । यसैको प्रयास स्वरुप गाउँमा मन्दिर र खेलकुद मैदान निर्माणमा गाउँ बाहिरै भए पनि जुटेका छन् । साविक धन्चौर गा.बि.स वडा नं ९ माइकाथानमा मालिका मन्दिरको निर्माण गर्ने र मन्दिर परिसरको खुला चौरलाई खेलकुद मैदानको रुपमा बिकाश गर्ने गरि योजना अगाडि सारिएको निर्माण अभियान्ता मध्येका एक पदम आर्चायले जानकारी दिए । धार्मिक स्थलको निर्माण र खेलकुद मार्फत गाउँमा बिकाश गर्ने लक्ष्य राखिएको आर्चायले बताए । हाल दुवईमा रहेका आर्चायले कोरियामा रहेका लक्ष्मण गैरे, भारतमा रहेका पदम भट्टराई र बुटवलमा रहेका अनमोल आचार्यको सहयोगमा अभियान चलाए, गाउँका सफल उद्यमी तथा बिकाश प्रेमी युवा बिष्णु आर्चायले काठमाण्डौबाट र साथमा बिकाश आचार्य र आशा छिनालले अभिभावकत्व प्रदान गर्दै मुख्य सहयोगीको रुपमा हात बढाए । उनीहरुले सहयोगका लागि सामजिक संजाल फेसबुक मार्फत निर्माण कार्यका लागि आवश्यक रकमको जोहो गर्ने अभियान चलाएका छन् । त्यही अभियानमा दिन प्रतिदिन गाउँबाट रोजगारीमा बिभिन्न देशमा पुगेका युवा र स्वदेशमै बिभिन्न स्थानमा रहेका सहयोगी हातहरु यति बेला सक्दो सहयोगका लागि जुटेका छन् । ‘सबैको सहयोगले का मगर्ने उत्साह मिलेको छ ’ आर्चायले भने ‘ स्थानीय तहबाट पनि यस्तो पबित्र उद्धेश्यमा सहयोग होस् भन्ने थियो तर हुन सकेको छैन तै पनि जुटिरहेका छौ ’ । मन्दिर र खेल मैदान निर्माणमा अधिकांश रोजगारीका लागि दक्षिण कोरिया पुगेका युवाहरु छन् भने अन्य मुलुकमा रोजगारीमा पुगेका युवाहरु र स्वदेशमै बिभिन्न पेशा व्यवसायमा संलग्न युवाहरु समेत छन् ।

योजनाका लागि ६ लाख नगद र स्थानीय श्रमदानको लागत अनुमान गरिएकोमा सहयोग आउने क्रम जारी रहेको अभियान्ता आर्चायले बताए । यूवाहरु स्वयम उपस्थिति जनाउन नसक्ने भए पनि गाउँमा भएका अभिभावकहरुको संलग्नतामा निर्माण समिति बनाएका छन् । फर्सुराम भट्टराईको अध्यक्षतामा गठित निर्माण समितिमा सचिव सबिता खनाल, कोषाध्यक्षमा रघुनाथ भट्टराई, सदस्यमा लालु प्रसाद आर्चाय लगायत छन् । निर्माण समितिका अध्यक्ष फर्सुराम भट्टराईले युवाहरुको बिदेशमा रहेर पनि गाउँको बिकाशका निम्ति गरिएको पहलको प्रशंसा गर्दै आफुहरुले गाउँमा रहेर योजना सम्पन्न गर्न लागि पर्ने बताए । अहिले मन्दिरको घडेरी निर्माण कार्य सम्पन्न भएको र बाँकी काम पनि छिट्टै शुरु गरिने अध्यक्ष भट्टराईले बताए । मन्दिर निर्माण पछि हरेक आइतबार गरिने मालिकाको पुजालाई नियमितता दिन सजिलो हुने र खेलकुदको लागि वरपर खुला ठाउँ नभएकोले मैदानले त्यस क्षेत्रको खेलकुद बिकाशमा टेवा पुग्ने भट्टराईले जानकारी दिए । समितिले आवश्यक सहयोगको गर्न चाहनेहरुका लागि बैंक खाता पनि खोलेको छ । अध्यक्ष भट्टराईले भने ‘यस पबित्र उद्धेश्यमा सहयोग गर्न चाहने जो कोहीले मालिका मन्दिर निर्माण समितिको राष्ट्रिय बाणिज्य बैंक खाता नं ३०५०००७३२३०१ मा रकम जम्मा गर्न सक्नु हुनेछ ।’