बन्दको गुल्मीमा पनि आशिक प्रभाव , अर्घाखाँचीमा शंकास्पद बस्तु फेला

प्रकाशित मिति:

मनोज कार्की, गुल्मी सरकारद्धारा प्रतिबन्धित बिप्लव नेतृत्वको नेकपाले सोमबार बन्द आब्हान गरेपछि गुल्मिमा पनि आशिक प्रभाव परेको छ । गत बुधवार भोजपुरमा प्रहरीसंगको गोली हानाहानमा आफना कार्यकर्ता मृत्यु भएपछी त्यसको बिरोधमा बिप्लव समूहले आज नेपाल बन्द घोषणा गरेको हो ।गुल्मीमा विहानै देखि बन्दको उच्च प्रभाव देखिएको छ ।

सदरमुकाम लगायत आसपासका क्षेत्रहरुमा फ्याट्ट फुट्ट रुपमा मोटरसाईकल चलेतापनि जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरिका कुनै पनि सवारीसाधन चलेका छैनन् ।आकस्मिक सबारीका साधनभने निर्वाद रुपमा चलिरहेका छन् । सदरमुकाम तम्घास लगायतका जिल्लाका अन्य बजार समेत पुर्ण रुपमा बन्द रहेका छन् ।सरकारी कार्यलयहरु खुलेका भएपनि सेवाग्राही को उपस्थिती अत्यन्तै न्युन रहेको छ । शिक्षण संस्था मा पठन पाठन कार्य सञ्चालन हुन सकेको छैनन।

प्रहरीले सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको र आवतजावत गर्ने नागरिकहरुलाई विशेष निगरानीमा राखेको थियो । बन्दको पुर्वसन्ध्यामा काठमाण्डु लगायत विभिन्न जिल्लामा भएको बम बिष्पोटनको समाचार पनि बाहिर आइरहेका छ्न ।बन्दको प्रभाव वढि परेको र नगरीकहरुमा त्रास वढेको सर्वसाथारणको भनाई रहेको छ भने कुनै पनि दल वा संघसंस्थाले अब बन्दको विकल्प खोज्नुपर्ने र सर्वसाधारण लाई दुःख हुने कार्यगर्न नहुने पनि बताएका छन् ।गुल्मी जिल्लामा हालसम्म अप्रिय घटना नघटेको र कुनै भौतिक तथा मानविय क्षति नभएको प्रहरी स्रोतले जनाएको छ । तर गुल्मीको छिमेकी जिल्लामा अर्घाखाँची सन्धिखर्क नगरपालिका २ मा शंकास्पद बस्तु बिहानै भेटिएको र नेपाली सेनाले शंकास्पद बस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यलयले जानाकारी दिएको छ ।