अजय देवगनका पिताको निधन

प्रकाशित मिति:

एजेन्सी -बलिउड अभिनेता अजय देवगनका पिता वीरु देवगनको सोमबार निधन भएको छ। लामो समयदेखि विरामी वीरुको सूर्या अस्पतालमा उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

उनको मुम्बईस्थित विले पार्लेमा अन्तिम विदाई गरिएको छ। वीरु बलिउडका चर्चित स्टन्ट कोरियोग्राफर हुन्। उनले ८० भन्दा बढी फिल्ममा काम गरेका छन्।उनको निधनपछि बलिउड शोकमा डुबेको छ। परिवारलाई सान्तवना दिन कलाकारहरु अजय–काजोलको घर पुगेका छन्। ऐश्वर्या राय, अभिषेक बच्चन, सञ्जय दत्त, शाहरुख खान, अनिल कपुर, सनी देओल, बबी देओल लगायत कलाकारले घरमै पुगेर अजयलाई सान्तवना दिएका छन्।