प्रधानन्यायधीसका लागि अयोग्य ठहरिएका जोशीको प्रमाणपत्र सक्कली भएको पुष्टि

२३ श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
299 Shares


एलएलसी परीक्षाको प्रमाणणपत्र शङ्कास्पद रहेको अभियोगमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्न संसदीय सुनुवाइ समितिबाट अयोग्य ठहर भएका दीपकराज जोशीको प्रमाणपत्र सक्कली भएको पाइएको छ। प्राप्त जानकारीअनुसार परीक्षा नियन्त्रण कार्यालयको मार्क लेजरमा जोशी २०२९ सालमा एसएलसी उत्तीर्ण भएको व्यहोरा उल्लिखित छ । विद्यापीठको मार्क लेजरको ५४औँ पृष्ठमा जोशीको नाम र प्राप्ताङ्क रहकोे जोकसैले हेर्न सक्नेछन्।

पत्रकार प्रकृति अधिकारीले अनुसन्धानपश्चात् सार्वजनिक गरेको विवरणमा ५४औँ पृष्ठमा २३ जना परीक्षार्थीको नाम भएकोमा चारजना मात्र उत्तीर्ण देखिएको, पृष्ठ ५१ मा २४ परीक्षार्थीको नाम रहेकोमा पाँचजना मात्र उत्तीर्ण भएको उल्लेख छ । त्यसैगरी पृष्ठ ५३ मा १९ मध्ये पाँच र पृष्ठ ५५ मा २४ मध्ये पाँच तथा पृष्ठ ५२ मा २४ मध्ये आठजना उत्तीर्ण भएको तथ्य पत्रकार अधिकारीले फेला पारेका छन्।

परीक्षण नियन्त्रण कार्यालयमा रहेको यो तथ्यले विद्यापीठबाट एसएलसीमा सामेल हुनेहरू सबै उत्तीर्ण हुन्थे भन्ने कुराको स्वतः खण्डन गरेको छ र जोशीको प्रमाणपत्रमा शङ्का गर्नुपर्ने कुनै ठाउँ नरहेको स्पष्ट भएको छ।

एसएलसीको यही प्रमाणपत्रका आधारमा जोशीले विश्वविद्यालयस्तरको शिक्षा हासिल गरेका थिए । उनी सर्वोच्च अदालतको न्यायाधीश बन्नुअघि नेपाल ल कलेजका प्राध्यापक र सोही सङ्कायको डिनको जिम्मेवारीसमेत कुशलतापूर्वक पूरा गरेका थिए। शिक्षक, प्राध्यापक र डिन हुँदै सर्वोच्च अदालतको न्यायाधीशसम्म बनिसकेका व्यक्तिको एसएलसी प्रमाणपत्रमाथि अहिले आएर शङ्का गरिनुको रहस्य खुलिसकेको छ। घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ॐ सुत्ने समयमा यी ५ चिज सिरानीमुनी राख्नुस्, सुख र…
  • सभामुखसँग चिनियाँ जनकंग्रेसको वातावरण समितिका अध्यक्षको भेट
  • ट्रेड युनियन मार्फत मन्त्री बनेकाले बिरोध गर्न थालेः थापा
  • संस्कार र सस्कृति नेपालीका अमुल्य सम्पत्ति हुन् : प्रदेश प्रमुख…
  • कम्यु्निष्ट सरकारले राष्ट्रियता कमजोर बनायो : डा शेखर कोईराला
  • विधेयक फिर्ता नलिए संसद चल्न दिदैनौ: देउवा
  • थाइल्यान्डमा अलपत्र १० विद्यार्थीको उद्धार गरी नेपाल फर्काइयो
  • बीपी स्मृतिमा मेलमिलापको नीतिको चर्चा, समस्या पुरानै
  • प्रदेश ५ मा विप्लवका गतिविधि घटे : मुख्यमन्त्री
  • ॐ सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ