चितुवाको छालासहित ३ जना पक्राउ

प्रकाशित मिति:

दोलखा– सशस्त्र प्रहरीले चितुवाको छाला सहित सोमबार तीन जनालाई पक्राउ गरेको छगौरीशंकर संरक्षण क्षेत्रमा पर्ने जिल्लाको विगु गाउँपालिका ४ लादुक क्षेत्रमा चितुवाको छाला विक्री गर्न खोजिरहेको अवस्थामा सशस्त्र प्रहरीको १८ नम्बर गुल्म चरिकोटका इन्सपेक्टर सुमन कुमार विकको नेतृत्वमा खटिएको ११ जनाको टोलीले सोमबार बिहान चितुवाको छालासहित ३ जनालार्य पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भीमेश्वर नगरपालिकाका मिलन गोले र जगदिश खड्का साथै विगु गाउँपालिकाका भीमबहादुर तामाङ छन्। उनीहरुलाई सोमबार दिउसो सदरमुकाम चरिकोटस्थित गुल्म हेड्क्वार्टरमा सार्वजनिक गरिएको थियो।गुल्मपति डिएसपी किरण कुमार कठायतले अभियुक्तहरुलाई सोमबार नै राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु बिभाग अन्तर्गत चरिकोट कार्यालयमा मुद्धा हेर्ने अधिकारी समक्ष पेस गरिएको जानकारी दिए। बिभागको चरिकोट कार्यालयका अधिकृत अमृत अधिकारीले अभियुक्तहरुलाई राष्ट्रिय प्रकृति तथा बन्यजन्तु ऐन बमोजिम मुद्धा चलाईने जानकारी दिए।दोलखामा सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएयता चितुवाको छाला बरामद भएको यो दोस्रो घटना हो। यस अघि सशस्त्र टोलीले दुई पटक सालकको खपटा समेत बरामद गरिसकेको छ।

थप समाचार