नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्मा तम्घास आउँदै

प्रकाशित मिति:

मनोज कार्की गुल्मी नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्मा सदमुककाम तम्घास आउने भएका छन् । नेपाली कांग्रेसले देश भरसुरु गरेको राष्ट्रिय जागरणलाई सम्बोधन गर्ने मुसिकोट नगरपालिकामा भनिएता पनि शर्मा सदरमुकाम तम्घासमा आउने भएका छन् ।

राष्ट्रिय जागरण अभियानमा मा सम्बोधनको लागि नेपाल बिधार्थी संघ गुल्मी र नेपाल तरुणदल गुल्मीको सयुंत आयोजनमा गुल्मी आउने नेपाल बिधार्थी संघ गुल्मीका सभापति झबिन्द पाण्डेले मुसिकोटमा आउने भनेर प्रसारप्रचार दरिलो पारियो प्राबिधिक समस्याका कारण सदरमुकाम तम्घास आउने भएको पाण्डेले जानाकारि दिए ।

कार्यक्रमलाई तम्घासमा गर्दा ब्याबस्थापन पक्षलाई पनि सहज हुने र गुल्मी आसपासका जिल्लाका कांग्रेसलाई सदरमुकााम आबत जावत पनि सजिलो हुने भएकाले स्थान सारि तम्घासमा गर्ने लागिएको नेपाल तरुण दल गुल्मीका भरत बलामिले बताए ।कार्यक्रम यहि जेठ २० गते गुल्मीकोे सदरमुकाम तम्घासको बालमन्दिरमा हुने भएको छ भने प्रचार प्रसार लाई पनि तिव्र पारिएकोछ । नेपाली कांगे्रस  राष्ट्रिय जागरण अभियान गुल्मीमा अर्घाखाँची , पाल्पा ,लगाएतबाट शुभचिन्तकको उपस्थिती रहने छ ।