‘छ माया छपक्कै’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित

प्रकाशित मिति:

काठमाडौँ -दीपक दिपाको संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ‘छ माया छपक्कै’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छिन् ।फिल्मको मूख्य भूमिकामा भने केकी अधिकारी फाइनल भएकी छिन् । चलचित्र ‘रणविर’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी सुपुष्पालाई नेपाली फिल्मी क्षेत्रमा सम्भावना भएकी नायिकाको रुपमा लिइन्छ ।

चलचित्रको जेष्ठ ९ गतेबाट छायाँकन सुरु भैसकेको भए पनि केहीदिनमा सुपुष्पा पनि सेटमा पुग्ने बताइएको छ । चलचित्र ‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलिया लगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रमा ४० वर्ष उमेर अन्तराल भएका प्रेमीको प्रेम कथामा रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमालाई विपिन मल्लले सम्पादन गर्नेछन् ।निर्देशक लामाको कथा रहेको सिनेमाको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । जितु नेपाल र केदार केदार घिमिरे सिनेमाका कार्यकारी निर्माता हुन् ।