प्रियंकालाई सलमानको चोटिलो व्यंग्य

प्रकाशित मिति:

एजेन्सी -बलिउड अभिनेता सलमान खान र अभिनेत्री क्याट्रिना कैफ स्टारर् फिल्म ‘भारत’ ५ जुनबाट दर्शकमाझ रिलिजमा आउँदैछ । अहिलेको समयमा फिल्मको स्टारकास्ट प्रोमोशनमा निकै ब्यस्त छन् । फिल्मको प्रोमोशनको क्रममा कुनै पनि अतर्वार्तामा सलमानले अभिनेत्री प्रियंका चोपडालाई ब्यंग्य गर्न छाड्दैनन् ।

भर्खरै मात्र एक अन्तर्वार्तामा अभिनेता खानले प्रियंका चोपडालाई ब्यङ्गय गरेका छन् । उनले प्रियंकालाई ब्यङ्ग्य गर्दै भने, ‘प्रियंकालाई भारतको स्क्रिप्ट मन परेको थियो । यसै कारण प्रियंकाले फिल्मको प्रोमोशन त गर्न सक्छन् नि ।’एक अन्र्वार्तामा जब क्याट्रिनालाई फिल्मको भूमिकाको बारेमा पश्न गर्दा उनले भनिन्, ‘फिल्मको यस भूमिका लेख्ने क्रममा म थिइन ।’ यसैबीच सलमान खानले भने, ‘यो भूमिकाको लागि प्रियंका चोपडा थिइन् । जसले कोसिश गरिहरेकी थिइन् ।’

त्यसपछि अभिनेत्री क्याट्रिनाले सलमान खानलाई रोक्दै भनिन्, ‘रिल्याक्स–रिल्याक्स ।’ क्याट्रिनाले यसो भनिरहँदा सलमान पुनः बोले ‘थ्याङ्क्यु प्रियंका ।’यो फिल्मको बारेमा कुरा गर्नुपर्दा ‘भारत’ दक्षिण कोरियाली फिल्म ‘ओड टु माई फादर’को रिमेक हो । यो फिल्ममा अभिनेता खानको अपोजिटमा क्याट्रिना कैप देखिदैछन् । फिल्ममा सुनिल ग्रोवर, दिशा पाटानी, तब्बु लगाएतका कलाकारहरु पनि मुख्य भूमिकामा छन् ।