विश्वद्यिालयको सुधार र पुर्नगठन मुख्य प्राथमिकतामा छ : शिक्षामन्त्रि पोख्रेल

प्रकाशित मिति:

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकका विद्यालयभित्र रहेका भद्रगोल अन्त्य गर्न आफू सक्रिय रहेको बताएका छन्। नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मंगलबार आफ्नै कार्यकक्षमा भएको भेटमा शिक्षामन्त्री पोखरेलले भने, ‘भद्रगोल भएका कुनै क्षेत्र छ भने त्यो विश्वविद्यालय नै छ । म मुलुकका सबै विश्वविद्यालयको सुधार र पुनर्गठन प्रक्रियामा छु । त्यसमा प्राध्यापकहरूको महत्वपूर्ण सहयोग आवश्यक छ।’

उनले आफू मन्त्रालय नीति निर्माणका क्रममा विश्वविद्यालयका प्राध्यापकहरूसँग छलफल र अन्तरक्रिया गरेर अघि बढ्न तयार रहेको बताए।