प्यान्टको खल्तीमा पर्स बोक्नुहुन्छ होसियार हुनुहोस्

१३ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
24 Shares


एजेन्सी –हामीमध्ये धेरैजना पुरुषहरु प्यान्टको पछाडिको खल्तीमा पर्स बोक्ने गर्छौं । कतिपयले त प्यान्टको पछाडिको खल्ती पर्स बोक्नकै लागि बनाइएको पनि भन्ने गर्छौं ।

प्यान्टको पहाडीको खल्तीको उपयोग जेसुकैका लागि गरे पनि त्यसमा पर्स बोक्नु भने स्वास्थ्यका लागि हानिकारक हुन्छ ।एक अध्ययनअनुसार पछाडिको खल्तीमा पर्स बोक्दा ढाड तथा गोडा दुख्ने सम्स्या निम्तिन सक्छ । थुप्रै मानिस पछाडिको खल्तीमा पर्स बोक्ने बानीका कारण दुःखाई झेलिरहेका हुन्छन् ।

पछाडिको खल्तीमा वालेट बोक्नु आम कुरा हो । यसले उनीहरुको स्पाइनलको स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुरा थाहा नपाइकनै उनीहरु त्यसरी वालेट बोकिरहेका हुन्छ । यस्ता वालेट नगद, लाइसेन्स, एटिएम कार्ड, रसिदजस्ता अत्यावश्यक कागजातले भरिएका हुन्छन् ।

तपाईं कुर्सीमा बस्दा होस् या गाडीमा त्यो वालेट तपाईंको खल्तीमै हुन्छ, जसले गर्दा तपाईंको एक नितम्ब अर्कोभन्दा अग्लो हुनेगर्छ । वालेटका कारण तपाईंको स्पाइनल मात्रै होइन वालेटले ढाक्नेजति मांशपेशीमा पनि असर परिरहेको हुन्छ । सुरुसुरुमा खल्तीमा वालेट बोक्दा असजिलो महसुस तपाईले गर्नुभएकै हो । तर हामी पछि त्यो असजिलोलाई वास्ता गर्न छोड्छौँ। हाम्रो शरीरसँग असन्तुलनलाई पचाउने क्षमता हुन्छ ।

नितम्ब र त्यसमाथिको हड्डी हाम्रो स्पाइनको आधार हो । यदि तपाईले वालेट दायाँतर्फ राख्नुभयो भने तपाईको शरीरले सन्तुलन मिलाउनका लागि स्पाइनललाई थोरै दायाँतर्फ ढल्काउने गर्छ । त्यसैले तपाईको नितम्बमाथिको हड्डी पनि थोरै घुम्छ ।लामो समयसम्म यही अवस्थामा बस्दा स्पाइनलमा दबाव पर्छ र त्यसले दुःखाई बढ्छ। यसका कारण गोडा, नितम्ब, आदि दुख्न सक्छ, जसलाई ‘वालेट न्युरोप्याथी’ पनि भनिन्छ ।यो रोगलाई हिपपकेट सिन्ड्रोम वा पिरिफर्मिस सिन्ड्रोम पनि भनेर चिनिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया