प्रदीपलाई ‘प्रेमगीत ३’ कै भर

१४ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
20 Shares


काठमाडौँ -अष्ट्रेलिया जानका लागि भिषाको पखाईमा रहेको बेला अभिनेता प्रदीप खड्कालाई निर्देशक सुदर्शन थापाले फिल्म ‘प्रेमगीत’ अफर गरेका थिए । गर्नेरनगर्ने दोधारका बीच फिल्म गर्ने निर्णय लिएका उनी अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेताको सूचीमा अग्रणी स्थानमा आउँछन् । आफ्नै लगानीमा फिल्म स्केप बनाएर हिरो बने पनि प्रदीपलाई ‘प्रेमगीत’ ले नेपाली फिल्ममा चकलेटी हिरोको रुपमा स्थापित गरेको थियो ।

यो फिल्मको दोस्रो पार्टले सफलता हासिल गरेपछि उनको चर्चा झनै चुलियो । उनलाई लिएर फिल्म बनाउन निर्माताबीच हानाथाप भएको थियो । यो अवस्था अझै पनि छ । तर, उनलाई अहिले आफ्नो साख जोगाउन हम्मे हम्मे परिरहेको छ । ‘प्रेमगीत’ सिरिजबाहेक उनी अभिनीत कुनै फिल्म हिट लिस्टमा परेका छन् । फिल्म असफल मात्र भएका छैनन्, दर्शकलाई सन्तुष्ट बनाउन पनि चुकेका छन् ।
प्रेमगीत’ नाम छाडेर उनले २२ लाख पारिश्रमिक बुझेर निर्देशक मिलन चाम्सको एक्सन कटमा फिल्म लिलिबिलीु गरे । यो फिल्म बक्सअफिसमा चुर्लुम्मै त डुबेन तर लगानी पनि उठाएन । यो फिल्म घाटामा रहेको निर्माता स्वयं स्वीकार गर्छन् । यद्यपि, यो फिल्म असफल भए पनि नेपाली फिल्मले जसिता गुरुङ जस्ती प्रतिभावान अभिनेत्री पाएको छ । साथै, प्रदीप र जसिता दर्शकले अत्याधिक रुचाउने जोडीमा पर्दछन् ।

वर्षमा एक वा दुईभन्दा बढी फिल्म नगर्ने प्रदीप लिलिबिलीु पछि निर्देशक निरक पौडेलको फिल्म ुरोजु मा अनुबन्ध भए । यो फिल्म पनि बक्सअफिसमा नराम्रोसँग पिटियो । यसले उनको बलियो स्टारडम झन् कमजोर बनायो । यसपछि उनले पुराना निर्देशक उज्जवल घिमिरेसँग फिल्म ुलभ स्टेशनु मा सहकार्य गरे । यसमा उनले पारिश्रमिक नलिएर मुनाफा लिने सर्तमा काम गरेका थिए । तर, यो फिल्म पनि असफल हुनबाट कसैले रोक्न सकेन । टर्किस फिल्मको हुबहु कपी भेटिएको यो फिल्मको असफलतापछि प्रदीपको साम्राज्य नराम्रोसँग डगमगाएको छ । उनी पनि आत्तिएका छन् । कतिपयले उनी अब फिल्म छनोटमा सम्यमित हुनु पर्ने बताएका छन् । यसैले पनि उनी डुब्न लागेको करिअरको डुंगा बचाउन फेरि प्रेमगीतु सिरिजकै शरणमा परेका छन् । यो फिल्मलाई पर्याप्य समय दिन उनले थुप्रै फिल्म रिजेक्ट गरेका छन् । उनी कमजोर बनेको स्टारडम ुप्रेमगीत ३ु ले उत्कर्षमा पुराउनेमा विश्वस्त छन् । यो फिल्म आउँदो चैत अन्तिममा रिलिज हुँदैछ । यसमा उनी तेस्रो पटक प्रेमको भूमिकामा प्रस्तुत हुँदैछन् । उनको अपोजिटका लागि अहिले निर्माण टिम अभिनेत्री छनोटमा जुटेको छ । एकपछि अर्को फिल्मबाट दर्शकलाई निराश बनाउन कुनै कसर बाँकी नराखेका प्रदीपको करिअर ‘प्रेमगीत ३’ ले फेरि ट्रयाकमा ल्याउन कति सफल होला रु यसका लागि केही महिना प्रतिक्षा गर्नैपर्ने हुन्छ । तर, उनलाई यो फिल्मप्रति ठूलो भरोसा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग