वाइडबडी प्रकरणमा मुछिएका महाप्रबन्धक कंसाकारको कार्यकाल समाप्त

प्रकाशित मिति:

काठमाडौँ । वाइडबडी प्रकरणमा मुछिएका नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारको सोमबारबाट ४ वर्षे कार्यकाल सकिएको छ । जाँदा जाँदै उहाँले आफूँ विभिन्न अवरोधका बावजुत पनि निगमको संस्थागत सुधारमा लागि परेको उल्लेख गर्नुभयो । करिब २८ वर्ष विमान खरिद नगरेको निगमले विमान खरिदको लागि अनेक कष्ट,आलोचना,जेल र कालोमोसोको प्रवहा नगरि विमान खरिद गर्न सफल भएको कंसकारले बताउनुभयो।

नेपाल टेलिकममा ३४ वर्षे सेवा पुरा गरि निगममा कंसकारले पहिलो पटक २०६५कात्तिक २२ मा महाप्रवन्धकको पदमा नियुक्त हुनु भएको थियो । कंसकारकै पालामा संचालक समिति र निगम कर्मचारीहरुको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न मिति २०६५मा टेण्डर आह्वान गर्न सफल भए । विभिन्न उल्झन र अवरोधका वावजुत दुई वटा न्यारोबडी ए ३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन पुगेको कंसरकार द्धार जारि गरिको विदाई सम्वोधन विज्ञप्तिमा भनिएको छ ।

उहाँले उक्त ६ वटा विमान योजना बमोजिम ल्याउन दिएको भए आजको दिनमा निगमसँग घटीमा १० वटा जेट विमान हुन्थ्यो र कम्तीमा पनि जापान र युरोप सन् २०१३ को शुरुमा नै उडान भैसक्ने थियो कंसकारले भन्नु भएको छ,‘ आइकाओ र इयूले नेपाललाई ब्लाय्क लिष्टमा राखेको सन् २०१३ को अन्त तिर मात्र हो र सेवा संचालन भैसकेको अवस्थामा संचालनमा रहेको गन्तब्यलाई बन्द गर्दैन।  २०७२ जेष्ठ १४ मा पुनःमहाप्रबन्धक पदमा नियुक्त भएर आएँ सँगै २ थान वाईडवडि विमान खरिदको प्रकृया अगाडि बढाएर गत वर्ष २ थान विमान काठमाडौं अवतरण गराउन सफल हुनु भयो ।

कंसकारले आप्नो नेतृत्वमा ग्राउन्ड हैंडलिंगमा सुधार र अन्तर्राष्ट्रिय गुण स्तर चिन्ह आइसागो सर्टिफिकेट प्राप्त, कम्प्यूटराइजेशन, अनलाइन बूकिंग संचालनमा ल्याइयो इन्जिनियरिंग र अप्रेशन अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर प्रणाली खरिद उपलवधी भएको बताउनु भएको छ । कंसकारले भन्नु भएको छ,– सरुवा, बढुवा, तालिम र विदेशी पोष्टिंगमा न्योयोचित निर्णय लिनेमा निकै जोडबल गरेँ, निगम कर्मचारीहरुको विचार, चिन्तन, मानसिक्ता र अन्तरज्ञानमा सकारात्मक परिवर्तन ल्याउन मैले सक्दो भूमिका खेलेँ।’ कंसकारले करिव ४१ वर्ष दुईवटा सार्वजनिक संस्थामा काम गरेका छन् ।