लमजुङमा चट्याङ लागेर एकको मृत्यु

प्रकाशित मिति:

लम्जुङ्ग -लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ ५ बजेतिर जिल्लाको मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

धानको बीउ राख्नका लागि घरबाट करीब पाँच किलोमिटर टाढाको खेतमा गएका र उनको त्यहीँ नै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर मृतक साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।मृतकको शव परीक्षणका लागि छिमेकी जिल्ला तनहुँस्थित दमौली अस्पतालमा लगिएको छ ।