नारायणी नदीमा एक युवा डुवेर वेपत्ता

प्रकाशित मिति:

चितवन -पौडी खेल्नेक्रममा डुवेर चितवनका एक युवक वेपत्ता भएका छन् । नारायणी नदीमा पौडी खेल्न गएका भरपुर महानगरपालिका–११ का २१ वर्षीय गोपाल मगर सोमबार बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको खोजी भईरहेको छ । उनी भरतपुर–१ बागेश्वरी मन्दिर नजिकैबाट बेपत्ता भएको स्थानीयले खबर गरेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।सोमबार दिउँसो भर खोजी गर्दापनि नभेटिएको प्रहरीले जनाएको छ । मगलबार बिहानैबाट पुन उनको खोजी भईरहेको  प्रहरीले जनाएको छ ।