नक्सा काण्डलाई लिएर इथियोपियाले माफी माग्यो

प्रकाशित मिति:

अदिस अवावा,एजेन्सी- इथियोपियाका विदेशमन्त्रालयले आफ्नो वेवसाइटमा राखिएको अफ्रिकाको नक्शामा छिमेकी मुलुक सोमालियाको सिमाना आफ्नो भुभागमा गाभिएकोमासोमवार क्षमायाचना गरेको छ । इथाृपियाले एक औपचारिक विज्ञप्ति जारी गर्दै भनेको छ , ‘ यस घटनाको कारण पर्न सक्ने असमझादारी तथा अन्यौल प्रति हामी गहिरो दुख व्यक्त गर्न चाहन्छौं ।

सो नक्शामा सामोलियाको भूभाग पूर्ण रुपमा मेटेर इथियोपियाले गाभेको देखाइएको तर यसलाई अन्तर्राष्ट्रिय मान्यता भने प्राप्त भएको छैन ।लामो समय देखि आपसी शत्रुता भोग्दै आएका सोमालिया र इथियोपियाबिच विगतमा सिमा क्षेत्रमा युद्धहरु भइसेका छन् । तर गत वर्ष इथियोपियाका प्रधानमन्त्री एवि अहमद सत्तामा आएदेखि भने यि दुई बिचको सम्बन्धमा सुधार आएको देखिन्छ । एविले यस क्षेत्रमा तनाव हटाउने प्रयास गरेका थिए ।

सन् १९६४ र १९७७ मा युद्ध गरेका सोमालिया र इथियोपियाबिच १९८८ मा शान्ति समझौतामा हस्ताक्षर भएको थियो । तर त्यसको तीन वर्षपछि नै सोमालिया गृहयुद्धमा फस्न पुगेको थियो । यसैबिच १९९६ मा सोमालियामा प्रवेश गरी इथियोपियाली फौजले लुक शहरमा इस्लामिक लडाकुहरुलाई परास्त गरेको थियो । २००९ मा इथियोपियाली फौजले औपचारिक रुपमा सोमालिया छाडेपनि आज सम्म पनि अल सवाव इस्लामिक समुह विरुद्ध लड्न अफ्रिकन युनियनको हस्तक्षेपकारी फौजको एक हिस्साको भुमिका निभाउँद आएको छ । आपसी सम्बन्ध थप मजवुत बनाउने उद्देशयले २०१८ को जुनमा इथियोपियाको नयाँ प्रधानमन्त्री एविले सोमालियाको औपचारिक भ्रमण गरेका थिए । यस नक्साकाण्डलाई लिएर सामाजिक संजालमा निकै विरोध भएको पाइएको छ ।