विवेकशील साझा पार्टीका संयोजक मिश्रलाई पितृ शोक

प्रकाशित मिति:

काठमाडाैं – वरिष्ठ चित्रकार एंव कला इतिहासविद् मनुजबाबु मिश्रको निधन भएको छ ।उहाँको काठमाडौंको चावहिलमा रहेको आफ्नै निवासमा बिहान २ बजेतिर निधन भएको हो । । उहाँ विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रका बुवा हुनुहुन्थ्यो । उहाँक एक दर्जनभन्दा पुस्तक प्रकाशित छन् ।

मिश्र ४० वर्षदेखि एकान्त बस्दै आउनुभएको थियो । बेलायतमा रहेका कान्छो छोरा नेपाल आएपछि मात्रै उहाँको अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।