नेकपा जिल्ला सचिवसहित १७३ जनाले लिए सपथ

प्रकाशित मिति:

बुटवल । नेपाल कम्युनिस्ट पार्टी नेकपा रुपन्देहीका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । सोमबार बुटवलमा एक समारोहमा नेकपा महासचिव विष्णु पौडेलले जिल्ला सचिव निर्मल जिसीसहित १७३ जनालाई सपथ गराएका हुन् । जिल्ला अध्यक्ष शिव सुवेदीले यसअघि नै सपथ लिइसकेका थिए । नेकपा रुपन्देहीक जिल्ला कमिटी १ सय ७५ सदस्यीय छ । जसमध्ये १ सिट खाली राखिएको छ ।पूर्वएमालेबाट १०५ र पूर्व माओवादीबाट ७० गरी कुल १ सय ७५ जनाको जिल्ला कमिटि रहेको छ । पार्टी एकता भएको झण्डै एक वर्षपछि नेकपा जिल्ला तहको एकता टुंगिएको हो ।

थप समाचार