भूकम्पका कारण बन्द भएको तातोपानी नाका चार वर्षपछि आयो सञ्चालनमा

१४ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
18 Shares


काठमाडौं – २०७२ सालको विनासकारी भूकम्पलगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ। मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको हो। नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएपनि भोटेकोशीमा अस्थायी रूपमा चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकको पुलबाट खाली कन्टेनर खासातर्फ गएका छन्। सोमबार बेलुकी नै ४ वटा कन्टेनर ‘पास सिस्टम’सकेर तयारी हालतमा थिए।
बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्‍याइनेछ।

नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइने भएको छ। त्यसैको लागि यहाँको संरचना रंगरोगन गरेर चिटिक्क पारिएको छ। चिनियाँ पक्षले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर नेपालतर्फ रहेको सुक्खा बन्दरगाहमै नेपालीहरूलाई राख्ने चाहना राखेको स्थानीयले बताएका छन् । सीमित प्रवेश पास भएका व्यक्तिलाई मात्र खासा बजार प्रवेश दिन र अन्यलाई सुक्खा बन्दरगाहबाट काम चलाउने चिनियाँ तयारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या