आविष्कार पाण्डेको युथ कोडिनेटरमा उम्मेदवारी

प्रकाशित मिति:

अस्ट्रेलिया -संसार भर छरियर रहेका नेपालीहरुको साझा समाजसेवी सस्था NRN अन्तर्गत NRN AUSTRALIA को आगामी JULY 6 2019 मा हुन गईरहेको निर्वाचनमा क्वीन्सल्यान्ड राज्य समन्वय समितीको YOUTH COORDINATOR को रुपमा कार्य गर्न उम्मेदवारी दीने भएका छन् ।  उच्च शिक्षा अध्ययनको क्रममा अस्ट्रेलिया आयदेखिनै नेपाली समाज सेवा तथा खेलकुद गतिबिधिमा क्रियाशील रहदै आयको छु । सोही क्रममा 2017-18 मा NAQ QUEENELAND STUDENTS CORDINATOR को रुपमा भुमिका निर्वाहा गरिसकेको छु।

चार वर्ष अघि नेपालमा गएको महाभूकम्पका बेला होस वा भर्खरै तराईमा आएको हावाहुरिनै होस नेपालमै रहेर विभिन्न रास्ट्रिय तथा अन्तरास्ट्रिय संघसस्थासंग सहकार्य गरि निरन्तर सहयोग पुर्याउदैआयको छु।

आफ्नो र आफ्ना अविभावकहरुको सपना पुरा गर्दै सुन्दर भबिस्य निर्माण गर्न आउने युबा बिद्यार्थीहरुका समकालीन समस्या हल गर्ने उपाय खोज्ने र प्रवासमा रहेका नेपाली युवाहरुको ब्यक्तित्व तथा करीअर बिकासको लागि ठोस अभियान संचालन गरि यहाँहरुको सोच र भावनाको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जाहेर गर्दै यसपालीको चुनाबमा यहाँहरुको अमुल्य मतको लागि बिनम्र अनुरोध गर्दछु। सदाझै यहाँहरुको मत र माया पाउनेमा विश्वस्त छु।