वीरगञ्ज बाट आयो दु:खद खबर :ढिस्कोले पुरिएर २ जनाको ज्यान गयो

१४ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
153 Shares


वीरगञ्ज – वीरगञ्जमा माटोले ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । बीरगञ्जको बाइपास रोडमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिश्रामपुर गाउँपालिका इटियाही बस्ने ५० वर्षका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ बस्ने ५० बर्षका जवाहिर रामको मृत्यु भएको हो ।

जग खन्दै गर्दा खसेको ढिस्कोमा तीन जना पुरिएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि दुई जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए । दुर्घटनामा सामान्य घाइते भएका ४५ बर्षका राजेन्द्र रामको गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको परिवारलाई ठेकदारले ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १४ स्थित राजाराम जलानको निर्माणाधीन घरको जग खन्ने क्रममा माथिबाट माटो खसेर उनीहरु पुरिएका थिए । त्यस्तै पर्साको पकाहा मैनपुर गाउँपालिका २, सुर्जाहामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । आइतबार बिहान विद्यालय गएर आएपछि वेपत्ता भएका १० वर्षका कुन्दन दास पोखरीमा मृत भेटिएका हुन् । उनलाई खोज तलास गर्ने क्रममा पकाहामैनपुर स्थित दिननाथ चौहानको पोखरीमा डुबी मृत अस्थामा फेला परेका थिए । -न्युजअफनेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट
  • ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट…
  • कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…
  • वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र…
  • सेना नेपाली जनताको आस्था एवं भरोसाको केन्द्रविन्दु हो : प्रधानसेनापति…
  • राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
  • प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्य
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक…
  • प्रधानमन्त्री ओली र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता
  • नास्टमा स्थापना हुने भो युवा वैज्ञानिक फोरम