चन्द समूहलाई वार्तामा ल्याउन खाँडको सरकारलाई सुझाव

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

नेपाल तरुण दलले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस नेता खाँडले उक्त सुझाव दिएका हुन् । उनले वार्ताको वातावरण बनाउन सरकार लचिलो हुनुपर्ने र चन्द समूह पनि आफ्ना अडान त्याग गरेर सहमतिमा आउनुपर्ने बताए ।

नेता खाँडले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सधैं वार्ता र सहमतिमा जोड दिने उल्लेख गरे । उनले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको समेत विरोध जनाए । मुलुकको परिवर्तनमा आवश्यक भूमिका खेल्न पनि उनले नेकपाका नेताहरुलाई सुझाव दिए। कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सरकारविरुद्ध सडक र सदनबाट खवरदारी गर्ने बताए।