श्रीमद्भागवत गीता किन पढ्ने ?

१४ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
3K Shares


अहिले हामी डिजिटल युगमा छौ । श्रव्यदृश्य सामाग्री हेर्न रुची राख्छौ । हामीसँग अहिले मनोरञ्जनका अनेकन विकल्प पनि छन् । त्यसमाथि फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदिमा अलमलिएका छन् । भिडियो गेम, फिल्म जस्ता उपलब्ध सुविधाले हाम्रो पठन संस्कृति भने विथोल्दैछ ।

यस्तो पृष्टभूमीमा तपाईंलाई पुस्तक पढ्नुपर्छ भन्यो भने ‘हाइ काड्न’ थाल्नुहुन्छ । अझ जीवन-दर्शनका पुस्तकका प्रसंग उप्काएमा त मुन्टो बटार्नु हुन्छ । धर्मशास्त्र, जीवन दर्शनका गहन पुस्तकप्रति तपाईं पटक्कै चासो राख्नुहुन्न । किनभने यी पुस्तक तपाईंलाई अनावश्यक र बेकारको लाग्न सक्छ । तपाईं्लाई आफ्नो जीवनको उपलब्धीसँग यी पुस्तकको कुनै नाता छैन भन्ने लाग्छ । जबकी यी पुस्तकको अध्ययनले तपाईंको चेतनाको स्तर, बुझाईको स्तर थप उन्नत बनाइदिन्छ । जीवन र जगतलाई हेर्ने तपाईंको दृष्टिकोण परिवर्तन गराइदिन्छ । श्रीमद्भागवत गीता, जो पढ्नैपर्ने पूर्वीय दर्शन हो । यसबाट तपाईंले जीवनको सार फेला पार्नुहुनेछ । आज हामी किन दुखी छौ ? आज हामी किन तनावग्रस्त छौ ? आज हामी किन भ्रष्ट छौ ? आज हामी किन विचलित छौ ? आज हामी किन विभाजित छौ ? आज हामी किन पीडामा छौ ?

किनभन हामीले जीवन बुझेका छैनौ । जीवनको सत्य बुझेका छैनौ । अनुभूत गरेका छैनौ । श्रीमद्भागवत गीताले हामीलाई यस्तै उल्झनबाट उम्कने बाटो बताइदिन्छ । अतः यहाँ श्रीमद्भागवत गीतामा समावेश केही भनाईहरु प्रस्तुत गरिएको छ, जसले तपाईंको सोंच बदल्न सक्छ ।

१. यस नश्वर शरीरको मोह त्याग्नुपर्छ । शरीर छुट्नु पनि लुगा बदल्नु जस्तै भएकाले विवेकवान व्यक्तिले यसमा कुनै शोक गर्दैन ।

२. जसरी ज्ञानी पुरुषले कुनै अपेक्षा राख्दैन । तिमी पनि फलको आसक्ति त्यागेर आफ्नो कर्तव्य कर्मम सधैँ गर । आसक्ति छाडेर कर्म गर्ने मनुष्यलाई परमगति प्राप्त हुन्छ ।

३. वस्तुहरुको साथमा सम्पर्कका कारण चिसो र तातो, सुख र दुःख उत्पन्न हुन्छ । तिनीहरु आउँछन्, जान्छन् । सधैँको लागि रहँदैनन् । तिनलाई सहन गर्न सिक ।

४. जो आफ्नो बुमिा राम्रोसँग स्थित भइसकेको छ, उसले राम्रो र नराम्रो दुबै प्रकारको कर्मलाई यहीँ छाडिदिन्छ । त्यसैले तिमी योगमा जुट । योग सबै कामहरुलाई कुशलतापूर्वक गर्नुको नाम हो ।

५. जो मानिस योग्यताअनुरा आहार र विहार गर्ने खालको छ, जसले कर्मको आचारणलाई उचित रुपमा गर्छ तथा जसनको निद्रा र जागरण नियमित छ, उसमा एउटा यस्तो अनुशासन आउँछ, जसले सबै दुःखहरु नष्ट गरिदिन्छ ।

६. मनुष्यले आफैले आफ्नो उद्वार गर्नुपर्छ । आफुलाई अद्योगतिमा हाल्नुहुँदैन । अर्थात आफ्नो पतन हुन दिनुहुँदैन । मनुष्य आफै नै आफ्नो सहायक हो । आफै नै आफ्नो सत्रु पनि हो ।

७. असंयम व्यक्तिमा बुद्धि हुँदैन । असंयम व्यक्तिमा एकाग्राताको शक्ति पनि हुँदैन । जसमा एकाग्रता हुँदैन, उसलाई शान्ति प्राप्त पनि हुँदैन । जसलाई शान्ति मिल्दैन उसलाई सुख कहाँबाट मिल्छ ?

८. जब कुनै मुनष्यले आफ्नो मनमा इन्दि्रयका विषयहरुको ध्यान गर्छ तब उसको मनमा तीप्रति अनुराग उत्पन्न हुन्छ । अनुरागबाट इच्छा उत्पन्न हुन्छ । इच्छाबाट क्रोध उत्पन्न हुन्छ ।

९. क्रोधबाट मूढता उत्पन्न हुन्छ । मूढताको कारण स्मृति नष्ट हुन्छ । स्मृति नष्ट भएमा बुद्धिको नाश हुन्छ । बुद्धिको नाशबाट व्यक्ति नै नष्ट हुन्छ ।

१०. ज्ञानको कमीले अश्रद्धा उत्पन्न हुन्छ । जसबाट संशय वा द्विविधा उत्पन्न हुन्छ । जसको कारण उसको पतन हुन्छ । पतन भएको व्यक्तिले सुख प्राप्त गर्न सक्दैन ।

११. जो अभिमान र मोहबाट मुक्त छन् । जसले नराम्रा आसक्तिलाई जितेका छन् । जसका सबै इच्छाहरु शान्त भएका छन् । जो सधै परमात्माको भक्तिमा लागिरहन्छन् । जो सुख र दुःखको द्वन्द्वबाट मुक्त भएका छन् र मूढतारहित भएका छन्, उनीहरुले त्यस शाश्वत दशालाई प्राप्त गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ
  • प्रदेश ५ सरकारले सिएमसि मार्फत गर्यो महत्वपूर्ण निर्णय
  • ६ महिना खर्च धान्न सक्दैनौं भने घर फर्कन अष्ट्रेलियाको सुझाव
  • कोरोना भाइरसको संक्रमणबाट इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु
  • गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा
  • प्रियंका चोपडाको एक लाख डलर सहयोग
  • लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान पनि…
  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…