बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटको चौधौ साधारण सभा तथा दोस्रो अधिबेशन सुरु

१४ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
32 Shares


नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटको चौधौ साधारण सभा तथा दोस्रो अधिबेशन मंगलबारदेखी संघको सभाहल बर्दघाट ४ बढिपिडितमा सुरु भएको छ । संघका अध्यक्ष मिनराज शर्माको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, उद्योग बाणिज्य संघ नवलपरासीका जिल्ला अध्यक्ष केशव भण्डारी र उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ५ की सदस्य तारा आचार्यको विशिष्ट आतिथ्यतामा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य अधिकारीले प्रदेश नम्बर ५ को मुख्य श्रोत उद्योग, पर्यटन र कृषी रहेतापनि यहाँको कृषी निर्वाहमुखी रहेको बताउदै यसलाई ब्यवसायीमुखी बनाई रोजगारीका अवसरहरु सृजना गरि समृद्ध बनाउने तर्फ प्रदेश लागिपरेको भन्दै उद्योग र ब्यपारलाई समेत प्रबद्र्धनमुखी कार्यक्रम ल्याइने समेत बाउनुभएको छ ।कार्यक्रममा संघका अध्यक्ष मिनराज शर्माले आर्थिक बर्ष २०७५, ७६ को संघको कार्य प्रगति तथा भावी योजनाको प्रतिबेदन प्रस्तुत गर्दै संघले गरेका कार्य बुंदागत रुपमा १३ बुंदे कार्यप्रगति र आगामी बर्षका लागी संघले गर्ने कार्यहरु प्रस्तावका रुपमा १५ बुंदे प्रस्ताव समेत प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा बर्दघाट उद्योग वाणीज्य संघका संस्थापक अध्यक्ष चन्द्र बहादुर थापा, बर्दघाट नगरपालिकाका वडा नं ४ का वडध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, नेपाली कान्ग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, नेकपाका नगर कमीटी अध्यक्ष ईन्द्र कुमार राना, बर्दघाट बजार विकास समितिका अध्यक्ष शोभाकान्त कोइराला शिव लगाएत बर्दघाटका उद्योगी ब्यापरी ब्यवसायीहरुले उद्योगी ब्यापारीहरुको भावनालाई बुझेर स्थानिय सरकारले करको दायरा निर्धारण गर्नुपर्ने माग राख्दै अहिले उद्योगी ब्यापारीहरु चारैतिरवाट समस्यामा परेको बताउदै स्थानिय सरकारको समेत त्यस तर्फ ध्यान नपुगेको बताएका थिए । उनीहरुले अन्यत्र भन्दा बर्दघाट नगरपालिकामा ब्यापारीहरुका लागि कर बढी रहेको धारणा समेत राखेका थिए । संघका बाणिज्य तर्पmका उपाध्यक्ष धनन्जय पौडेलको स्वागतवाट शुरु भएको कार्यक्रमको संचालन संघका महासचिव लेखनाथ न्यौपानेले गर्नुभएको थियो । साथै मंगलबार नै अधिबेशनको प्रकृया बन्दसत्रबाट सुरु भइरहेको छ । सो बन्द सत्रमा करिब २७ लाख बराबरको संघको आर्थिक आयब्यय विवरण संघका कोषाध्यक्ष दिनेश न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । बन्द सत्रमा अध्इषको प्रतिबेदन र कोषाध्यक्षको प्रतिबेदन माथि छलफल भइरहेको र नयाँ नेतृत्व चयन प्रकृया चलिरहेको आयोजकले जानकाी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया