शैक्षिक गुणस्तरको लागि चुनावी प्रक्रियामा सेन्ट जोसेफ

प्रकाशित मिति:

रुपन्देही -विद्यार्थीहरुको भविष्यलाई शुनिश्चित गर्ने उद्देश्यका साथ सेन्ट जोसेफ उमाविले प्रत्येक कक्षामा विद्यार्थी क्याप्टेन र उपक्याप्टेन छनौट प्रकृयालाई अपनाउँदा विद्यालयमा एक प्रकारको चुनावी माहोल सृजना भएको विद्यालयकका सहायक प्रार्चाय कमल पोखरेलले जानकारी गराएका छन् ।

पोखरेलका अनुसार कक्षामा क्षमतावान र उत्कृष्ट विद्यार्थीहरु हुँदाहुँदै मोनिटर (क्याप्टेन) नहुँदा विद्यार्थीहरुमा बढी आफू खुशी बढ्दै जानथालेपछि विद्यालयले विद्यार्थीहरुमा आपसी प्रतिस्पर्धा गराई सक्षम मोनिटर चुन्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रयास गरेको भलवारीका स्थानियहरुको बुझाई छ ।

सहायक प्राचार्य कमल पोखरेलका अनुसार कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले क्याप्टेन र भाईस क्याप्टेन छात्र, छात्रा तर्फ भोट हालेका थिए । जसमा तीन सय ५० विद्यार्थीहरु सहभागी भएको निर्वाचन प्रमुख विशाल गोतामेले जानकारी गराए । गोतामेका अनुसार छात्र तर्फ नमस काउछा विद्यालय क्याप्टेन र छात्रा तर्फ प्रकृति सुनुवार निर्वाचित भएका छन् ।
त्यसैगरी विद्यालय सहायक क्याप्टेन छात्र तर्फ सरुन थापा र विद्यालय सहायक छात्रा तर्फ यमुना जिएम छनौट भएको साहयक प्राचार्य कमल पोखरेलले जानकारी गराए । पोखरेलका अनुसार १६ जना विद्यार्थीहरुले उमेद्वारी दिएको शैक्षिक गुणस्तर सुधारमा आन्तरिक विद्यार्थीहरुको निर्वाचन कार्यक्रम भव्य र सब्यका साथ हिजो मंगलबार समापन भएको सहायक प्रार्चाय कमल पोखरेलले जानकारी गराए ।