भिनाजुद्वारा सालोको हत्या

प्रकाशित मिति:

काठमाडौँ -कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा ढुङ्गा प्रहार गरी एकको विभत्स हत्या गरिएको छ । माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका अन्दाजी ७० वर्षीय सन्ते बिकले अन्दाजी ५२÷५३ वर्षीय मनकाजी बिकको ढुङ्गा प्रहार गरी विभत्स हत्या गरेका हुन् ।

अहिले हत्यारा भनिएका सन्ते विकलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई नजिकैको प्रहरी चँौकीमा राखिएको जनाइएको छ, भने प्रहरीले मुचुल्का उठाउने काम र थप अनुसन्धान गरिहरेको जानकारी गराएको छ ।मंगलबार विहान सन्ते बिकले आफ्नै सालो मनकाजी बिकको ढुङ्गै ढुङ्गा प्रहार गरी हत्या गरेका स्थानीयहरुको भनाइ छ । प्रत्यक्षदर्शी सुदीप विकका अनुसार, मारिएका मनकाजी बिक आफ्नै माइलो काका हुन् ।उनले भने, ‘मेरो बहिनीलाई खाना पु–याउन जाँदा बाटोमै मनकाजी विक ९माइलो काका०लाई सन्ते बिकले ढुङ्गै ढुङ्गाले हानिरहेका थिए । काकाको सास गइसकेपछि पनि ढु्ङ्गा हानेको हान्यै गरिरहे ।’

उनले थपे, ‘मलाई पनि तेरो काका बचाउन आइस भनेर ढु्ङ्गाले हान्न खोजे । म भागेर बँच्न सफल भएँ । सन्ते विकले आज बिहानैदेखि रक्सी खाएका थिए । उनले हाम्रै घरमा पनि आएर रक्सी खाएका थिए । साथै विहान मसँग पनि झगडा गर्न खोजिरहेका थिए ।’घटनास्थलमा धेरै ढुङ्गाहरु थुप्रिएका छन् । मृतक मनकाजी विकको शरीरका विभिन्न ठाउँमा निर्ममता पूर्वक ढुङ्गा प्रहार गरिएको छ । मृतक विकको टाउको क्षतविक्षत भएको बताइएको छ ।