लागु औषधसहित १ जना पक्राउ

प्रकाशित मिति:

भक्तपुरको जगातिाट लागु औषध सहित एकजना पक्राउ भएका छन् । भक्तपुरको जगातिमा सवारी जाँचका क्रममा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो । जगाति नाका हुँदैं काठमाडौं भित्रिने र बाहिरिने सवारी जाँच गर्ने क्रममा बनेपाबाट काठमाडौंतर्फ आउँदैं गरेको बा।४१ प।३१५५ नं। को मोटरसाइकल जाँच गर्ने क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ७ का २४ वर्षीय राजेश राईलाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार राई कालो रंगको झोला बोकी भागेकोमा तत्काल नियन्त्रणमा लिई निजले बोकेको झोला खानतलासी गर्दा उक्त झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध बरामद गरिएको हो ।पक्राउ परेका राईको झोलाबाट बुप्रिनोरफिन लुपिजेसिक २ एम एलको ९८ थान, फेनिरामाइन एभिल २ एमएलको १०० थान, प्रोमेथाजिन हाइड्रोकोलोराइड फेनरगन २ एमएलको १०० थान, डाइजेपाम ७२ थान, शिशाको बाहिरी भागमा कुनै पनि लोगो नभएको लागुऔषध जस्तो देखिने २६ थान सहित जम्मा ३९६ थान लागुऔषध बरामद भएको जनाएको छ।