राष्ट्रपति भण्डारीद्वारा दक्षिण अफ्रिका र इण्डोनेसियाका राष्ट्रपतिलाई बधाई

प्रकाशित मिति:

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका राष्ट्रपतिमा पुनःनिर्वाचित हुनुभएकामा मातामेला सिरिल रमाफोसालाई बधाई तथा शुभकामना दिएकी छिन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश दिँदै नेपाल र दक्षिण अफ्रिकाबीच विद्यमान सुमधुर सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गरेकी छिन् । उनले राष्ट्रपति रमाफोसाको सुस्वास्थ्य र खुशीका साथै त्यहाँका मिलनसार जनताको प्रगति र समृद्धिको कामनासमेत गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले आजै जोको विडोडोलाई इण्डोनेसियाका राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई दिएकी छिन् । शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले दुई देशबीचको सम्बन्ध क्रमिक रुपमा सुमधुर बन्दै गइरहेकामा सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप मजबुत बन्ने विश्वास व्यक्त गरेकी छिन् । उनले नवनिर्वाचित राष्ट्रपतिको सुस्वास्थ्य र खुशीका साथै त्यहाँका जनताको प्रगति र समृद्धिको कामनासमेत गर्नुभएको शुभकामना सन्देशमा उल्लेख