नेपाल भ्रमणमा उच्च सावधानी अपनाउन आफ्ना नागरीकलाई अष्ट्रेलियाको आग्रह

प्रकाशित मिति:

काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो । अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर सुरक्षा अवस्थाबारे सचेत हुन आग्रह गरिएको छ । अष्ट्रेलियाले खतराका आधारमा नेपाललाई लेभल २ मा राख्दै भनेको छ ‘उच्च सावधानी अपनाउनुहोला ।’

अष्ट्रेलियाको यो घटनाले नेपाल आउने तयारी गरिसकेका पर्यटकका लागि त्यति अप्ठेरो पार्ने छैन । खतराको लेबल टु को अर्थ अष्ट्रेलियाको शहरमा भन्दा त्यहाँ खतरा बढी छ भन्ने हो । २६ मे २०१९ मा काठमाडौंका धेरै ठाउँमा बम विस्फोट भएको छ । केही संख्यामा मानिसको मृत्यु हुनेका साथै केही घाइते भएको समाचारहरु आएका छन् । ठूलो भिडभाडमा नजानू र सतर्क रहनू’ नेपाल भ्रमण गर्न चाहनेहरुलाई अष्ट्रेलियाको परराष्ट्र मामिला तथा ब्यापार विभागले भनेको छ ।

अष्ट्रेलिया सरकारको सूचनामा अगाडि भनिएको छ ‘नेपालमा प्रदर्शन र विरोध कार्यक्रमहरु भइरहेका हुन सक्छन् । ठूलो संख्यामा मानिसहरु भइरहेको तिर नजानू, त्यहाँ जुनसुकै बेला हिंसा हुन सक्छ ।’अनलाईनखवर वाट साभार