ब्रेन स्क्यान गर्दा थाहा हुन सक्छ व्यक्तिमा रहेको आत्महत्याको सोच

प्रकाशित मिति:

एजेन्सी -कुनै व्यक्तिले आत्महत्या गर्ला भन्ने कुरा पहिले नै थाहा पाउन सकिने एक अमेरिकी अध्ययनले देखाएको छ ।येल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा ब्रेन स्क्यानले कुनै व्यक्तिमा आत्महत्याको विचार आउने नआउने कुरा पत्ता लगाउने देखाएको छ । वैज्ञानिकहरूका अनुसार, पश्च आघात ९पीटीएसडी० बाट पीडित व्यक्तिको मनमा आत्महत्याको विचार ल्याउने एक रसायन पत्ता लागेको छ ।

सामान्य व्यक्तिको तुलनामा पीटीएसडीबाट पीडित व्यक्तिमा आत्महत्याको जोखिम बढी हुन्छ । तर चरम जोखिममा रहेका व्यक्तिको पहिचान गर्न गाह्रो हुन्छ ।अध्ययन निष्कर्ष प्रोसीडिंग्स अफ द नेसनल एकेडमी अफ सायन्सेजमा प्रकाशित भएको छ । पीटीएसडीबाट पीडित मानिसमा एमजीएलयूआर५ रसायनको स्तर अत्यधिक हुँदा बेचैनी र मूड डिसअर्डरको समस्या आउँछ ।यो रसायनको स्तर जाँच्दा आत्महत्याको खतरा अत्यधिक हुने मानिसको पहिचान गर्न सकिन्छ । अनि उनीहरूलाई तत्कालै चिकित्सकीय सहायता दिन सकिन्छ । अनि एमजीएलयूआर५ रसायनको स्तरलाई सन्तुलनमा राखेर आत्महत्याको जोखिम घटाउन सकिन्छ ।